विराटनगर, बैशाख १६ । प्रदेश नं १ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ।
प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ।
प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन्। प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु। २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। रासस
Facebook Comments


























