चितवन, बैशाख १४ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्वलाई अनुशरण गर्दै चितवनका बिभिन्न स्थानिय निकायहरुलाई बर्तमान बिपत ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेको छ।
कारोना भाईरस ( कोभिड १९) का कारण सम्पूर्ण बिश्व नै आक्रान्त बनिरहेकोे यस बिषम परिस्थितिमा सहकारी संस्था लि. ले स्थानिय निकायहरुलाई सहयोग गरेको हो।
संस्थाले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकालाई रु.१ लाख ५१ हजार र कालिका नगरपालिकालाई रु.५१ हजार का दरले रु.३ लाख ४ हजार आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष कृष्ण कुमार तमाङले जानकारी दिए।

संस्थाले बिगतमा पनि यस्ता किसिमका बिपत तथा बिभिन्न अबसरहरु पारी बिभिन्न सहयोग गरीरहेको र आगामि दिनहरुमा समेत गर्दै जाने अध्यक्ष तमाङले बताए। साथै बन्दाबन्दि (लकडाउन) को परिस्थितिमा सदस्यहरुको आर्थिक समस्यालाई मध्यनजर गरी संस्थाले आवश्यक सतर्कता अपनाई नियमित रुपमा तालिका मिलाई सेवा प्रबाह गर्दै आईरहेको छ।
भरतपुर महानगरपालिका-१ लायन्सचोकमा मुख्य कार्यालय रहको संस्थाको रत्ननगर, खैरहनी, कालिका र चनौलीमा गरी ४ सदस्य सेवा कार्यालयहरु सञ्चालनमा रहेको छ।


























