बैशाख १३ । कोरोनाभाइरस संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै श्रीलंकामा फेरि २४ घन्टाको कर्फ्यू लगाइएको छ।
शुक्रबार त्यहाँ देशभर ४६ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि यो कर्फ्यू लगाइएको हो। यसका साथासाथै श्रीलंकामा अब कोभिड १९ का संक्रमित ४ सय २० जना पुगेको छ। श्रीलंकामा अहिलेसम्म कोरोनाभाइरसका कारण ७ जनाको मृत्यु भएको छ।
शुक्रबार भेटिएका संक्रमितमा ३० जना नाविक हुन् जो राजधानी कोलम्बोको छेउमा बस्नछन्। त्यहाँ अहिलेसम्म ६० नाविकमा कोरोेनाभाइरस संक्रमण देखिएको छ।
श्रीलंकामा यसअघि सोमबार पनि कर्फ्यू लगाइएको थियो। प्रहरीले त्यहाँ अहिलेसम्म ३० हजारभन्दा धेरैलाई पक्राउ गरेको छ।
Facebook Comments


























