काठमाडौं, बैशाख ११ । स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीबार थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा.विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।
उदयपुकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ।
Facebook Comments


























