दोलखा बैशाख ११ । दोलखाको शैलुङ गाँउपालिका–३ मा खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन्। मंगलवार राति ५३ वर्षीय भाइ रामबहादुर खड्काले आफ्नै सहोदर ५७ वर्षीय दाइ दुर्गाबहादुर खड्काको खुकुरी प्रहार गरी हत्या गरेको दोलखा प्रहरीले जनाएको छ।
घट्नाको जानकारी आए लगतै प्रहरीले अभियुक्त रामबहादुर खड्कालाई खुकरी सहित पक्राउ गरेको र घाइते दाजु दुर्गाबहादुरलाई उपचारको लागि धुलिखेल अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए।
Facebook Comments


























