काठमाडौं, बैशाख ९ । राहतमा कुहिएको दाल दिएको आरोपमा कलैया उपमहानगरपालिकाका मेयरलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बारा जिल्ला प्रहरी कार्यालयले मेयर राजेशराय यादवलाई सोधपुछको लागि नियन्त्रणमा लिएको एसपी कृष्ण पंगेनीले जानकारी दिए।
‘कुहिएको राहतको केसमा हामीले उहाँलाई सोधपुछ गर्न पक्राउ गरेका छौं,’ पंगेनीले भने, ‘अहिले बयान लिदैछौं’
गत २८ गते नगरले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएको थियो। त्यसकै भोलिपल्ट प्रहरी र जिल्ला प्रशासन कार्यालयले उनको घरमा छापा मारेको थियो।
प्रहरीले यसैमा संलग्न अन्य सात जनालाई पनि पक्राउ गरेको एसपी पंगेनीले बताए।
Facebook Comments


























