काठमाडौं, बैशाख ९ । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ। त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन्। यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन्।
आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन्।
अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्तर्वार्ता यतिबेला भाइरस भएको छ। सोही अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्। उनले राजेश हमालको एक्टिङ नराम्रो तर फिल्म चलिरहेको छ भनेकी थिइन्। यस्तै, अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकटक बनाएर प्रचारमा ल्याइएको छ। यसलाई सुष्माले नियोजित भनेकी हुन्। मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका छन्।
यसै विषयमा यी अभिनेत्रीले भनेकी छन्, ‘मैले दुई वर्षअघि दिएको एउटा अन्तर्वार्तालाई अहिले टिकटक बनाएर उडाउने काम गरिएको छ। मैले नै बिर्सिसकेको यो अन्तर्वार्तालाई कसैले नियोजित रूपमा टिकटक बनाएर कलाकारसँग मेरो सम्बन्ध बिगार्न खोजेको हो।’
अभिनेत्री पूजा शर्मासँग अहिले आफ्नो सम्बन्ध निकै राम्रो भएको सुष्माले बताएकी छन्। पूजाको प्रशंसा गर्दै उनको अभिनय राम्रो भएको पनि सुष्माले जिकिर गरेकी छन्। जब कि त्यो अन्तर्वार्तामा उनले पूजाको अभिनय कमजोर भएको भन्दै टिप्पणी गरेकी थिइन्।
पूजासँग अहिलेको सम्बन्धबारे अभिनेत्री सुष्माले भनेकी छन्, ‘पूजाले मलाई दिदी भन्छिन् र म उसलाई बहिनी भन्छु। मिडियाहरूले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन्।’
टिकटक बनाएर आफ्नो बदनाम गर्न खोजेपछि अभिनेत्री सुष्माले पनि टिकटकमार्फत नै आफूहरूको सम्बन्ध राम्रो भएको जवाफ दिएकी हुन्। लकडाउनका कारण मानिसहरू घरमा बेकामे भएको र उहिलेको कुरा खोतलेर अहिले सम्बन्ध बिगार्न खोजेको पनि यी अभिनेत्रीको टिप्पणी छ।
त्यसो त आफूले नायिका पूजाको टिप्पणी गरेको र गायिका मेलिनालाई नचिनेको भन्ने भिडियो अन्तर्वार्ता सम्पादन गर्नसमेत यी अभिनेत्रीले अनुरोध नगरेकी हैनन्। तर, दुई वर्षअघि नै युट्युबमा राखिएको यो भिडियोलाई सम्पादन गर्नतर्फ सम्बन्धित मिडियाले वास्ता नगरेपछि त्यही प्रसंगले यतिबेला सुष्माले टिप्पणी सहनुपरेको हो। त्यो भिडियो अहिलेको नभएको फेरि पनि यी अभिनेत्रीले जिकिर गरेकी छन्।


















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)







