चीन बैशाख ८ । दुई महिना लामो लकडाउनपछि चीनमा जनजीवन विस्तारै सामान्य बन्दै गएको छ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार ग्रेटवालसहित ७३ प्रमुख पर्यटकीय स्थल खुला गरिएका हुन्। यी सबै पर्यटकीय स्थल आउटडोर अर्थात् खुला क्षेत्रमा पर्छन्। बेइजिङ टुरिज्म ब्युरोका एक अधिकारीलाई उद्धृत गर्दै सबै स्थानमा ३० प्रतिशत पर्यटकलाई मान घुम्ने अनुमति दिइने बीबीसीले जनाएको छ।
यसका साथै सांघाईमा पनि अबेर रातसम्म चल्ने दैनिक उपभोग्य सामग्री खरिद गर्न सकिने अभियान सुरु गरिने भएको छ। अभियान अन्तर्गत पसलहरू आधा रातसम्म खुल्ने भएका छन्। बीबीसी
Facebook Comments

























