काठमाडौं, बैशाख ८ । सोमबार यूरो, पाउण्ड र बहराइन दिनारसहित केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १२२ रुपैया ५३ पैसा तोकिएको छ। त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ।
आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ २९ पैसा तोकिएको छ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ५ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४२ पैसा तोकिएको छ। त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ।
एक बहराईन दिनारको खरिददर ३ सय २३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ ९८ पैसा तोकिएको छ। त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ०७ पैसा तोकिएको छ।


























