काठमाडौं, बैशाख ७ । कोरोना भाइरस संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक पुरुष निको भएका छन्।
२१ वर्षका पुरुषको कोरोना संक्रमण परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्जको तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएमा अस्पतालले डिस्चार्ज गर्ने गरेको छ।
उनको दुई पटक नतिजा नेगेटिभ आएकाले डिस्चार्जको तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए। यसअघि हिजो टेकू अस्पतालमा उपचार गरारहेकी प्रसिद्धि श्रेष्ठ र बागलुङकी ६५ वर्षीया वृद्धा निको भएर अस्पतालबाट फर्किएका थिए।
ती पुरुष व्यक्तिसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ पुगेको छ।
Facebook Comments


























