काठमाडौँ, बैशाख ७ । नेपाली लोक तथा दोहोरी क्षेत्रका बहुचर्चित गायक राजु परियारले कोरोना भाइरसको विषयमा नयाँ गीत ‘यदि म मर्दैमा’ सार्वजनिक गरेका छन्। उनले आज आफ्नै नामको युट्युब च्यानलबाट बिना संगीतको लोकगीत सार्वजनिक गरेका हुन्। कोरोना भाइरसबाट बच्न सचेत गराउनको लागि नयाँ गीतको सिर्जना गरिएको उनले बताए।
उनले गीतमार्फत विश्वलाई बचाइदिन भवगानसँग अपिल गरेका छन्। आफू मरेर पनि विश्वलाई बचाउन सकिन्छ भने आफैँ मर्न तयार रहेको गीतमार्फत उल्लेख गरेका छन्। कोरोना भाइरसबाट जोगिनकै लागि सरकारले लकडाउन जारी गरेकोले लकडाउनको उल्लंघन नगरिदिन पनि उनले आग्रह गरेका छन्। गायक परियारले वर्तमान परिस्थितिमा उपचारमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई भवगान मानेका छन्।
Facebook Comments


























