काठमाडौं, बैशाख ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनलाई कारबाही गरेको छ। उनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालयमा बोलाइएको हो।
कोरोना भाइरसको उपचार हुने मुख्य अस्पतालका तथा रिसर्च युनिटका संयोजकसमेत रहेका पुनलाई मौखिक रुपमा बोलाउँदा उपस्थित नभएपछि चिट्ठी काटेर मन्त्रालयमा बोलाइएको हो।
डा.पुनलाई कोरोना भाइरस बारे विभिन्न ठाउँमा बोलेको भन्दै प्रष्टिकरण सोधिएको स्रोतको दाबी छ।
कोरोना भाइरसको महामारीका विषयमा बोलेको भन्दै स्वास्थ्य तथा जनसंख्या उच्च तहकै निर्देशनमा पुनलाई कारबाही गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
Facebook Comments


























