चितवन, बैशाख ६ । चितवनको राप्ती नगरपालिकामा एकै परिवारको दुईजनामा कोरोना संक्रमण भेटिएपछि उच्च सर्तकता अपनाइएको छ।
राप्तीको वडा नम्बर ८ का दुईजनामा शुक्रबार कोरोना भाइरस भएको पुष्टि भएको थियो। संक्रमित आमा छोरा हुन्। उनीहरु बेलायतबाट चैत ३ गते नेपाल आएका थिए।
संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडामा आवातजावतमा रोक लगाइएको छ। वडाका मुख्य चोकमा सुरक्षाकर्मी परिचालन गरिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन्।
त्यस्तै संक्रमितहरुसँग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइन राखिने भएको छ। सोहि वडामा छुट्टै क्वारेनटाइन निर्माण गरिने मेयर बरालले बताइन्।
क्वारेनटाइनमा बस्नेहरुलाई खाना लगायतको सुविधको लागि र उनीहरुसँग सम्पर्क भएका व्यक्तीहरुको टे«सिङ गर्न समितिनै बनाएर काम अगाडी बढाइएको मेयर बरालले बताइन्।
सो वडा प्रवेश गर्ने स्थानहरु पुर्व–पश्चिम राजमार्गको सिमलटाँडी, बैरहनी, खुरखुरे, बिरेन्द्रनगर लगायतको स्थानबाट अति अत्यावश्यक बाहेकका मान्छेहरुलाई प्रवेशमा रोक लगाइएको मेयर बरालले जनाइन् ।
त्यस्तै संक्रमितहरुसँग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइन राखिने तयारी गरिएको छ।


























