बैशाख ५ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ।
अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ। अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन्। १३ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको छ। ५ लाख ८५ हजार ७० जना उपचाररत छन्।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो।
Facebook Comments


























