काठमाडौं, बैशाख ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै चार आरोपीहरुलाई हिरासत मुक्त गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण तथा कसूरको गाम्भीर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी ‘हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि’ समेतलाई मध्यनजर राख्दै उनीहरुलाई रिहा गरिएको अख्तियारले जनाएको छ।
आयोगको हिरासतमा रहेका मध्ये थप चार जनालाई बाँकी अनुसन्धान पूरा गर्ने गरी धरौटी लिएर तारेखमा राखी हिरासतमा मुक्त गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए।
Facebook Comments


























