डोटी, बैशाख ४ । जिल्लाको दीपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा सोही वडाका कैलाश बोगटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए।
खुल्लेकबाट खाद्य सामग्री पु्र्याएर दीपायल आउँदै गरेको से २ त ३५४३ नंको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएका चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
Facebook Comments


























