दाङ, वैशाख २ । कोरोना भाइरसबारे सामाजिक सञ्जालमा झुठो कुरा लेख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका १५ का २८ वर्षीय दीपक न्यौपानेले फेसबुकमा दाङमा पनि कोरोना संक्रमित भेटिएको भन्दै लेखेकाले मंगलबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले तथ्यहीन र भ्रामक कुरा फेसबुकमा लेखेर जनमानसमा त्रास फैलाएकाले न्यौपानेलाई नियन्त्रणमा लिइएको बताए।
न्यौपानेले बिहान ८ बजे फेसबुकमा उक्त कुरा लेखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। न्यौपानेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























