काठमाडौं, बैशाख २ । फिल्म ‘खैला बैला’ निर्माण हुने भएको छ। निर्देशन नेत्र गुरुङले नयाँ बर्षको अवसर पारेर सामाजिक संजाल मार्फत फिल्मको घोषणा गरेका हुन्।
नेत्र इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको लेखन समेत गुरुङ आफैले गरिरहेको बताइएको छ। गुरुङले यस अगाडि ‘नाइके’ नामक फिल्म बनाएका थिए। कथा समेत गुरुङकै रहेको फिल्मको कलाकार लकडाउन खेल्ने बितिकै चयन हुनेछन्।
लकडाउनका कारण फिल्मको छायाँकन, रिलिज, सम्पादन लगायतका काम स्थगित भएपछि निर्माता निर्देशक अहिले घरमै बसेर नयाँ फिल्मको स्कृप्ट लेख्ने, कथा सेलेक्नस गर्ने काममा लागेका छन्।
Facebook Comments


























