फ्रान्स, बैशाख २ । कोरोना भाइरसको संक्रमण फैलने क्रम नरोकिएपछि फ्रान्सले ११ मे सम्म लकडाउन बढाएको छ।
राष्ट्रपति इम्मानुएल म्याक्रोनले टेलिभिजनमार्फत सम्बोधन गर्दै जनअपेक्षा अनुरुप लकडाउनको बढाएको बताएका छन्। ११ मे पछि भने स्कुलहरु खोल्न सकिने उनले बताएका छन्। फ्रान्सको सीमाना भने गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने उनले जानकारी दिए।
राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नका लागि अझै पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव रहेकाले त्यसको प्रबन्ध भइरहेको जानकारी दिएका छन्।
फ्रान्समा कोरोना भाइरसले अहिलेसम्म १४ हजार ९६७ जनाको मृत्यु भएको छ भने १ लाख ३६ हजार भन्दाबढी संक्रमित भएका छन्।
Facebook Comments


























