काठमाडौं, बैशाख २ । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ।
बैठकले लक डाउन थप्ने निर्णय गर्ने स्रोतहरुको भनाई छ। कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेसम्म लक डाउन गरिरहेको छ। बुधबार यो समय सकिने भएकाले आज मंगलबार बस्ने मन्त्रिपरिषद बैठकले फेरि लक डाउन अवधि लम्बाउने बारेमा निर्णय गर्ने स्रोतको भनाई छ। भारतमा मोदीले फेरि ३ साता लक डाउन लम्ब्याउने निर्णय गरेका छन् । नेपालले त्यसलाई समेत मध्यनजर गरेर लक डाउन बढाउन सक्नेछ।
पछिल्लो साता कोरोना संक्रमितको संख्या बढेर १४ जना पुगेको छ भने काठमाडौंमै सोमबार र्यापिड टेस्ट गर्दा एकै परिवारमा ३ जनामा संक्रमण देखिएपछि सरकार लक डाउन बढाउने तयारीमा लागेको बुझिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा वैशाख दोस्रो सातासम्म लक डाउन जारी रहन सक्ने संकेत गरेका थिए। तथापि, सरकारले प्रत्येक बैठकबाट १ साताका लागि लक डाउन लम्ब्याँदै आएको छ।


























