डडेल्धुरा, बैशाख १ । नेपालमा पहिलोपटक २५ सय मिटरको उचाइमा पाटेबाघ फेला परेको छ।
उक्त बाघको तस्वीर क्यामेरामा कैद भएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए।
‘डडेल्धुरा जिल्लाको महाभारत वनक्षेत्रमा २५०० मिटरको उचाइमा पाटेबाघको तस्वीर कैद भएको छ’, उनले भने ,’ सम्भवत नेपालको वन क्षेत्रको इतिहासमा यो उचाइमा पाटेबाघ पाइएको पहिलो घटना हो। ‘
२५ सय मिटरको उचाइमा पाटेवाघ फेला पर्नाले वाताबरण, वन्यजन्तु प्रेमीलाई खुसि तुल्याएको उनलेब बताए।
यतिधेरै उचाइमा पाटेबाग फेला परेसँग पाटेबाघको क्षेत्रमा अध्ययन गर्ने नया ढोका खुलेको छ। उक्त बाघ त्यहाको रैथाने हो वा अन्यत्रबाट आहाराको खोजीमा यहाँ आइपुगेको हो त्यसको बिस्तृत अध्ययन हुन् बाकि रहेको उनले बताए। प्राप्त भएका सम्पूर्ण तथ्यांकको विश्लेषण पश्चात अन्य कुराहरु थाहा उनले बताए।
तराइ भू परिधि कार्यक्रम, विश्ववन्य जन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन बन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गत मार्च ६ देखि अप्रिल ६ सम्म महाभारत वनक्षेत्रको वन्यजन्तुको अध्ययन गर्ने र मुलत त्यहाँ पाटेबाघको उपस्थितिलाई यकिन गर्ने अभिप्रयाले ३२ जोडी क्यामेरा राखिएको थियो।
उक्त ३२ जोडी मध्ये १ स्थानमा उक्त पाटेबाघको तस्वीर रेकर्ड भएको उनले बताए। क्यामेरामा पाटेबाघको अतिरिक्त रेड फक्स, चितुवा, घोरल, लार्ज इन्डिएन् सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजातिहरू, चराहरु लगाएत सयौ महत्वपूर्ण वन्यजन्तुको तस्वीर कैद भएका छन्। जसले डडेल्धुरा जिल्लाको महाभारत क्षेत्रमा पाइने वन्यजन्तुको प्रचुरता र सघनतालाई पुष्टि गरेको उनले बताए।


























