रौतहट, बैशाख १ । रौतहटको चन्द्रपुर–६ मा क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई घर पठाइएको छ।
क्वारेन्टाईनमा राखिएका ५८ जना मध्ये ४६ जनाको स्वाव परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो। उनीहरु १४ दिन भन्दा बढी समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए।
अन्य एकसय १७ जनाको पनि स्वाव परीक्षणका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। रौतहटको विभिन्न २६ स्थानमा ८ सय ३६ वेडको क्वारेन्टाइन र २५ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ।
Facebook Comments


























