चितवन, चैत्र ३० । हरपल फुड्स प्रा.लि. ले बिभिन्न क्षेत्रमा कार्यरत कामदारहरुलाई खाधान्न सहयोग गरेको छ।
फुड्स प्रा.लि.का अध्यक्ष, युवा व्यवसायी एवं समाजसेवी जनक बहादुर धामीले बर्दिया जिल्ला क्षेत्र नं. २ (ख) कालीकोटबाट काठमाण्डौं आई बसोवास गरी कामगर्ने मजदुरहरुलाई खाधान्न सहयोग गरेकाहुन्।
कोरोना भाइरस (कोभिड १९) का कारण आर्थीक अभावमा परेका करीव ३५० जनाभन्दा बढी मजदुर एवं बिपन्न बर्र्गहरुलाई काठमाण्डौका बिभिन्न क्षेत्रमा गएर उनी लगायतका टोलिले खाधान्न (चामल, दाल, नुन, तेल,मस्यौरा) लगायतका खाधान्न सामाग्री उपलब्ध बितरण गरेको हो।
हाल बिश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण देशमा बिगत १९ दिनदेखि सरकारद्धारा गरिएको लकडाउनका कारण बिशेष गरी दैनिक ज्याला मजदुरी गर्ने कामदार तथा मानिसहरु सबैभन्दा बढी मारमा परेकाले यस्तो अवस्थामा हरपल फुड्स प्रा.लि.ले सहयोग गरेको जनक बहादुर धामीले बताए।
कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला यसै सहयोगलाई निरन्तरता दिदै आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउन, बर्दिया जिल्ला क्षेत्र नं. २ अन्र्तगतको गेरुवा गाउँपालिकाको स्थानीय राहत कोषमा रु १ लाख एक हजार रुपैया नगद सहयोग गरेकाछन्।


























