– सविता अधिकारी,
- छोरी : भिजाऔं, धान कुटाऔं मार्सीका चिउरी रोटी पकाउने भोलि
त्यो घर जानुभन्दा त बाबा भिर्नै निको छ झोली - बुबा : हे बाबु तिमीले नभन त्यसो मन रून्छ मेरो अति
भारी तारी पनि ठिक्क भइसक्यो तिमीलाई चाहिने जति - छोरी : न पाउँछु मेलै मेथी मसला न पाउँछु तेल बेसार
अदुवा, खुर्सानी पनि यहीँबाट लिएर जानुपर्ने त्यो घर भएको के सार
लप्टनकी बुहारीले गाएको श्लोक हो यो। उनी राइटरकी छोरी हुन्, लेखकलाई सबैले राइटर भनेर चिन्दथे। सासुले देवरानी–जेठानी सबैलाई पालो गरी गरी भान्छाको काम गर्न लगाउथिन्। तर घरको सामान केही पनि नदिने। गाउँलेले पनि भन्थे, ‘उनी माइतीबाट आउँदा तीन–तीन वटा भरिया लिएर आउँथिन् रे।’
आमाले सम्झाउँँदै भनिन्, ‘छारीको जात आफ्नो घर गरेर खानु पर्छ। तँ यसरी भागेर नआइज। बा–आमाको इज्जत नफाल्। सकभर घर गरेर खानू, नत्र दैलामुनी गण्डकी छ।’
लप्टनले आफ्नी छोरीको विवाह सानै उमेर (करिब १०/१२ वर्ष)मा फाँटका विष्णुप्रसाद पण्डितका छोरासँग गराइदिए। सानैबाट घरका सबै धन्दा उनले गर्नुपर्यो। एकदिन उनलाई सन्चो भएन। उनी सुतिरहिन्। सासु र देवरले किन काम नगरेको भन्दै झपारे। पछि श्रीमान् पनि आएर गाली गरे। जसबाट मायाको आशा थियो, उसैले गाली गरेपछि उनलाई साह्रै नरमाइलो लाग्यो। अनि रुँदै घरधन्दामा सहयोग गर्न बसेकी माझी बोटेकी छोरीलाई लिएर माइती पुगिन्।
छोरी आएकोमा आमा साह्रै खुसी भइन्। खाजा बनाएर खुवाइन्। त्यसपछि उनले आमालाई सबै कुरा बताइन्। आमाले सम्झाउँँदै भनिन्, ‘छारीको जात आफ्नो घर गरेर खानु पर्छ। तँ यसरी भागेर नआइज। बा–आमाको इज्जत नफाल्। सकभर घर गरेर खानू, नत्र दैलामुनी गण्डकी छ।’ माइतीबाट पनि साहरा नपाएपछि उनी घर फर्किन्। रात पनि राएरै कटाइन्। भोलि बिहान कस्तो छ भनेर कसैले पनि सोधेनन्। साँझपख सबैले आफ्ना–आफ्ना डियाँ चराएर घर फर्कँदै थिए। उनी नुहाउन भनी माइतीले दाइजोस्वरुप दिएको अंखरा र एउटा धोती लिएर गण्डकीतिर गइन्। धैरैबेरसम्म छेउमा बसेर टोलाइरहिन्। अंखरा र धोती छेवैमा राखेर उनी गण्डकीमा पसिन्। र, बिलिन भइन्।
तर, अहिले समय फेरिएकाे छ। उतिबेला सबैकाे डर र त्रासमा बस्नुपर्ने बुहारी आज केही हदसम्म मुक्त भएकी छन्। दिन बित्दै जाँदा मानिसकाे व्यवहारमा परिवर्तन हुँदै जाँदाे रहेछ। र, मानिसकाे व्यवहारसँगै समाज। तैपनि अझै कति दुरदराजमा यस्ता घटना ताजै छन्, जहाँ अझै पनि शिक्षाकाे ज्याेति फैलाउन सकेकाे छैन। नेपालकाे भाैगाेलिक धरातलका कारण अत्यन्तै विकट बस्तीहरुमा घरबाट अपहेलना सहनुपरेका घटना बेलाबखतमा समाचारकाे रुपमा विभिन्न सञ्चारमाध्यमहरुमा आइरहन्छ। पहाडी भेगमा भन्दा तराईका बस्तीमा अझै पनि याे समस्या कायमै छ। दाइजाे नल्याएकाे बहानामा कति बुहारीहरुले अकालमै ज्यान गुमाउन बाध्य छन्। त्यसैले लप्टनकी बुहारीले सुनाएकाे श्लाेकमा जस्तै घटनाबाट टाढा रहन शिक्षाकाे ज्याेति फैलाउनु आवश्यक छ। तबमात्र सभ्य समाज निर्माण हुनेछ र घरेलु हिंसाकाे पीडाबाट सबै बुहारीले मुक्ति पाउनेछन्।


























