चैत्र २८ । कोरोना भाईरसले साउदी अरबको शाही परिवारका १५० जना संक्रमित भएका छन्। साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन्।
यस्तै युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा तयार पारिएको आइसोलेशनमा बस्न थालेको न्युयोर्क टाईम्सले जनाएको छ। राजपरिवारको उपचारमा किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु संलग्न भएको बताइएको छ।
कोरोनाको उपचारका लागि अस्पतालले थप ५ सय शैयाको ब्यवस्था गरेको छ। साउदीमा विशिष्ठ ब्यक्तिहरुको उपचार किंग फैसल स्पेशलिस्ट अस्पतालमा गरिदै आएको छ।
साउदी अरबमा कोरोनाका कारण अहिलेसम्म ४४ जनाको मृत्यु भैसकेको छ भने ३ हजार २ सय ८७ जना संक्रमित भएका छन्।
Facebook Comments



























One Comment
Dipak sapkota
Savai’i ma swastha lava ko suvakamana.