चैत्र २८ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भएपछि आइसीयीबाट वार्डमा सारिएको छ।
जोनसनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनलाई विहिबार साँझ सघन उपचार कक्ष ९आइसीयू० बाट वार्डमा सारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
तीन दिनको आइसीयू बसाइपछि स्वास्थ्यमा सुधार आएसँगै जोन्सनलाई बाहिर निकालिए पनि अझै उपचार जारी रहने बताइएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनमा स्वास्थ्यमा समस्या भएपछि उनी आइतबार लण्डनको सेन्ट टमसेज अस्पतालमा भर्ना भएका थिए।
Facebook Comments


























