नयाँदिल्ली, चैत्र २७ । भारतको नयाँदिल्लीस्थित एक अस्पतालका दुई डाक्टरमाथि आक्रमण भएको छ। कोरोना भाइरस संक्रमण फैलाएको आरोपमा उनीहरुमाथि आक्रमण भएको भारतीय संचारमाध्यमले जनाएको छ।
आक्रमणमा पर्ने दुवै सफदरजंग अस्पतालका आवासीय महिला डाक्टर हुन्। उनीहरुमाथि आक्रमण गरेको अभियोगमा ४४ वर्षका १ जना पुरुष पक्राउ परेका छन्।
बुधबार राति साढे ९ बजे फलफूल किन्न निस्किएका ती डाक्टरहरुमाथि आक्रमण भएको अस्पतालको रेसिडेन्ट डाक्टस एसोसिएसनका अध्यक्ष मनीषको भनाई छ।
आफूहरु फलफूल किन्न निस्किएको समयमा एकजना मानिस टाढाबाट कराउँदै आएर तिमीहरुले नै कोरोना भाइरस फैलाएका हौ भनेर हातपात गरेका ती डाक्टरहरुले बताएका छन्।
Facebook Comments


























