काठमाडौं, चैत्र २७ । सरकारले जिटुजी अर्थात सरकारीस्तरमा कोरोना संक्रमणविरुद्धका स्वास्थ्य सामग्री खरिदका लागि चीन र भारतसहित पाँच देशलाई पत्राचार गरेको छ।
नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको जनाएको छ। सरकारले चीन सहित भारत, सिंगापुर, दक्षिण कोरिया र जापानसँग अत्यावश्यक पीपीई सहितका मेडिकल सामग्री खरिद गर्न खोजेको छ।
सबै दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने सामग्रीहरुको सूची पठाइएको स्रोतले जनाएको छ। सम्बन्धित देशबाट कुन सामग्री कतिमा दिने भन्ने जानकारी आएपछि खरिद प्रक्रिया अघि बढ्ने जनाइएको छ।
Facebook Comments


























