वुहान, चैत्र २६ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को पहिलो केन्द्र चीनको वुहानमा ११ हप्तापछि लकडाउन खुला गरिएको छ।
लामो समयपछि घरबाहिर निस्किन पाएका नागरिकहरुले आफूले प्रकोपको समयमा सिकेको पाठ र अनुभव सुनाएका छन्। उनीहरुको अनुभव र उनीहरुले सिकेको पाठ कोरोनाको महामारीसँग लडिरहेका विश्वका अन्य मुलुकहरुलाई सिक्ने मौका मिलेको छ।
यहाँ बीबीसीका लागि चीन प्रतिनिधि मेइकिङ गुआन र ग्रेस सोइले आफ्नो अनुभव सेयर गरेका छन्।
मलाई आशा छ, विश्वका मानिसहरुले वुहानबाट पाठ सिक्नसक्छन्। वुहानमा गरिएका साना(साना गल्तीहरुबाट पाठ सिकून् र विश्वका अन्य मानिसहरुले ज्यान गुमाउन नपरोस्। वुहानमा ८ अप्रिलमा ७६ औं दिनमा लकडाउन खुला गरिएको छ। करिब तीन महिनासम्म वुहानका एक करोड १० लाख मानिसहरु घरभित्रै बन्दी बने।
विगतका महिनाहरुलाई फर्केर हेर्दा यस्तो लाग्छ कि हाम्रो जीवनको निमै महत्त्वपूर्ण अवधि थियो। सम्झनाहरु निकै बहुमूल्य बने। तर, अहिले सम्झिँदा निकै डर लाग्छ। लकडाउनलाई समर्पणका रुपमा व्याख्या गर्नुभन्दा पनि वुहानले महामारीविरद्ध लड्न गरिएको उत्कृष्ट प्रयासका रुपमा व्याख्या गर्न सकिन्छ।
विश्वभर घरभित्रै बसेर मानिसहरुले कोरोनाविरुद्धको महामारीसँग लड्न योगदान गरिरहनुभएको छ। लामो समय वुहान लकडाउन भए पनि सुरुमा म निकै बेप्रवाह थिए र लकडाउन आवश्यक छजस्तो लागेको थिएन। तर, जब दैनिक सामग्रीको अभाव हुँदै गयो, त्यसपछि मलाई निकै डर लाग्यो, म रातभर सुत्न सकिँन। डाक्टर र नर्सहरुले अत्यावश्यक चिकित्सा सामग्रीको लागि अनलाइनमार्फत अभाव भएका भन्दै माग्न थाले। बिरामीहरुले अस्पतालमा बेड नभएर उपचार नपाएको गुनासो गर्न थाले।
विस्तारै अन्य दैनिक सामग्रीहरु पठाइयो र देशभरबाट चिकित्सकहरु वुहानमा केन्द्रित भए। उपचार तीव्र गतिमा हुन थाल्यो र सँगै परीक्षण पनि। र, कोरोना संक्रमितको संख्या पनि विस्तारै कम हुँदै गयो।
के हुन् अति स्मरणीय पलहरु ?
हामीले छिमेकी समूहबाट आटा र मासु किनेर व्यवस्थापन गर्यौं। त्यसपछि हामीले आटामा मासु राखेर डल्ला बनाउन थाल्यौं। मेरो बुबाले ३० वर्षको अवधिमा यसरी गुजारा गर्नुभएको यो दोस्रोपटक थियो। यसअघि म बच्चै हुँदा यसरी आटा र मासुलाई मुचेर डल्ला बनाउनुभएको रहेछ।
मेरो ब्वाइफ्रेन्डले भ्यालेन्टाइन डे र महामारीकै बीचमा परेको मरो जन्मोत्सव मनाउन ठूलो प्रयत्न गर्नुभयो। म बाहिर जान चाहन्थे। म तिम्रो लागि मेरो तरिकाले केक ल्याउँछु भनेर उहाँले मलाई केक र बुकेहरु ल्याउनु भएको थियो। उहाँले सुपरमार्केटमा लामो लाइनमा बसेर माछा ल्याउनुभयो र पकाउनुभयो। मेरो परिवार मुस्लिम हो। तर, महामारीका कारण हलाल गरिएको मासु पाउन वास्तवमै निकै मुस्किल थियो। खोज्दै जाँदा हलाल गरिएको मासुको डल्ला भेटायौं र पूरै बाकस किन्यौं। मेरो मुस्लिम साथीले त्यही दिन मलाई पठाइदिनुभयो। त्यो बाकस साँच्चै भारी थियो र मलाई साथीको यो सहयोगले निकै छोयो।
लकडाउनमा कसरी बाँच्ने ?
-परिवार बारम्बार फोन गर्नूस्। परिवारका सदस्य इपिसेन्टरमा हुनुहुन्न र तपाईं कोरोना जोखिम भएको क्षेत्रमा हुनुहुन्छ भने उहाँहरुले तपाईंको विषयलाई लिएर निकै चिन्तित हुनुहुन्छ। त्यसकारण फोन गरेर पछिल्लो जाकारी दिइराख्नुपर्छ।
-तपाईंको पार्टनरसँग पनि सम्पर्कमा भइराख्नूस्। महिनौंसम्म २४ घण्टा सँगै बुढाबुढी सँगै बस्ने अवसर विरलै पाइन्छ। तर, २४ घण्टा सँगै बस्दा सकस पनि हुनसक्छ र एकअर्काका सानासाना गल्तीहरु देखिनसक्छन्। त्यसकारण साना साना कुरामा झगडा नगर्नूस् र एकअर्कालाई राम्रो व्यवहार गर्नूस्। यदि तपाईं समस्यामा पर्नुभयो भने आपसमा रिसाएर होइन मिलेर बस्नूस्।
-यदि तपाईं घरबाटै काम गरिरहनु भएको छ भने तपाईंले आफ्नो काम र निजी जीवनलाई छुट्याउनूस्। यदि निजी जीवन र काम सँगसँगै लानखोज्नु भयो भने दुवैको वास्तविक अर्थ बुझ्न सक्नुहुन्न र काम अधुरो रहनसक्छ।
-पहिले समयअभावका कारण गर्न नभ्याएका र गर्न नपाएका कामहरु गर्नुहोस्। आफूलाई मन परेका किताबहरु पढ्नुस्। टिभी हेर्नुस्। आफूलाई मन परेको चलचित्र हेर्नुस्। भिडियो गेम खेल्नुस।
– आफ्नो परिवारसँग समय बिताउनुस्।
विश्वका अन्य मुलुकलाई सुझाव
जनवरी अन्तिम अथवा फेब्रुअरी सुरुआतमा वुहानमा जे भएको थियो अहिले विश्वका अन्य मुलुकहरुले त्यही अवस्था भोगिरहेका छन्। लकडाउन, कर्फ्यु र घरभित्रै बसिरहेकाहरुले एकअर्काबाट छुट्टिँदा महसुस गर्ने पीडा मैले बुझ्नसक्छु। यदि तपाईं चिन्तित, निराश र आक्रोशित हुनु भएको छ भने यसलाई सामान्य रुपमा लिनुहोस्। सुरुआतमा यस्तो हुन्छ किनकि हामी बानी परेका हुँदैनौं।
लकडाउन तपाईंको स्वतन्त्रतालाई खोसेर लैजानका लागि होइन। यो संक्रामक रोगविरुद्ध लड्ने वैज्ञानिक पद्धति हो। त्यसकारण जतिसक्दो चाँडो तपाईंले आफ्नो स्वतन्त्रतामा फिर्ता पाउनुहुनेछ।
मलाई आशा छ ( मानिसहरुले वुहानबाट केही सिक्नेछन्। हामी तबमात्र ढुक्क हुनेछौं, जब सिंगो विश्वले नै महामारीलाई परास्त गर्नेछ। बीबीसी


























