काठमाडौं, चैत्र २६ । नेपालको अग्रणी अनलाइन बजार दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ।
साजेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पूर्याउन तयारी गरेका छन्।
साझेदारीको रूपमा दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरूको पाउनेछन् भने बिगमार्ट मार्फत उपलब्ध अफहरूको पनि आनन्द लिन सक्नेछन्।
साथै ग्राहकहरूले दराजको निम्न लिखित बैंक पार्टनरहरूको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम रु ५०० को छूट पाउनेछन्। सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकबाट छूट पाउन सक्नेछन्।
दराजमा बिगमार्टका सामानहरू दाराज एप वा वेबसाइट को गृहपृष्ठरहोमपेजमा सजिलै भेट्न सकिन्छ। बिगमार्टको बलियो आपूर्ति चेन र विक्रेताहरूसँगको गहिरो सम्बन्धका कारण ग्राहकहरूले उच्च गुणस्तरको आवश्यक उत्पादनहरूको आशा गर्न सक्दछन्। यसका साथै दराजक अनुभव र संसाधनहरूले उत्पादहरू समयमै सुरक्षित तरिकाले डेलिभर गराउने कुरा सुनिश्चित गर्दछ। यो एक दीर्घकालीन साझेदारी हो जसमा दुबै कम्पनीहरूले देश भरका ग्राहकहरूका लागि सुविधाजनक सेवा दिन उनीहरूको विशेषज्ञता र स्रोतहरूको पूरा उपयोग गर्ने लक्ष्य राखेका छन्।
हालै काठमाडौं उपत्यका भित्र मात्र डेलिभरी गर्ने भएपनि कम्पनीले चाँडै नै देश भरका अन्य स्थानहरुमा पनि डेलिभरी सुविधा पुर्याउने लक्ष्य राखेको छ।
भविष्यमा, ग्राहकहरूले अझै धेरै उत्पादनहरुका साथ थप डेलिभरी लोकेशन तथा समय समयमा निःशुल्क वितरण जस्ता थपिएका सेवाहरूको आनन्द पनि लिन सक्नेछन्।
सुरक्षित डेलिभरी सुनिश्चित गर्न, दराजको डेलिभरी राइडरहरूले उत्तम स्वच्छता अभ्यासहरु अप्नाएका छन्। साथै नियमित रूपमा टेम्प्रेचर जाँच पनि गरीन्छ। साथै सुरक्षित शपिंग अनुभव ग्यारेन्टी गर्न सबै ग्राहकहरुलाई भनि ह्यान्ड सेनिटाइजर हुनेछ।


























