चैत्र २४ । भारतको एक गाउँमा मानिसले गाईभैँसीलाई पनि मास्क लगाइदिएका छन्। कोरोना भाइरसको संक्रमणबाट बच्न मानिसले मास्क लगाउन थालेसँगै भारतको मध्य प्रदेशको चन्देरी गाउँमा घरका जनावरलाई पनि मास्क लगाउन थालेका हुन्।
गाईगोरुका लागि मानिसको मास्क ठिक नहुने भएकाले गाउँमा नै जनावर विशेष मास्क तयार गरिएको बताइएको छ। त्यहाँका मानिसले खेतमा गोरुलाई काम गराउन जाँदा फर्किएपछि जनावरबाट कोरोना घरसम्म आउने र जनावरमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्ने त्रासले गोरुलाई पनि मास्क लगाइदिने गरेको बताउँछन्। बाहिर चराउन लगिने गाईभैँसीलाई पनि उनीहरुले मास्क लगाइदिने गरेका छन्। एजेन्सी
Facebook Comments


























