काठमाडौं, चैत्र २४ । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा.राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम भावी गर्भनरको रुपमा सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो।
श्रोतका अनुसार अर्थमन्त्री खतिवडाले गर्भनर नियुक्तीको प्रस्ताव आज सोमबार बस्ने मन्त्रीपरिषदको बैठकमा पेस गर्नेछन। बैठकले संभवत सिफारिसमा परेका तीन व्यक्ति मध्ये एक जनालाई आज नै गर्भनरका लागि चयन गर्ने बताइएको छ।
Facebook Comments


























