काठमाडौं, चैत्र २४ । डलरको भाउ बढ्नेक्रम जारी रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ। आइतबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा थियो।
पछिल्ला दिनहरुमा फेरि डलरको भाउ चुलिन थालेको छ। विशेषगरी अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सस्तो भएको छ। यस्तै, सेयर बजारहरु पनि तल झरेका छन्। यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ। स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो।
Facebook Comments