चैत्र, २३ । रुसमा एक व्यक्तिले गोली प्रहार गरी पाँचजना छिमेकीको हत्या गरेका छन्। ३२ वर्षीय पुरुषले रिजन क्षेत्रको यलाटा भन्ने वस्तीमा आज गोली चलाएका थिए।
घटनामा पाँचजना मारिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको जानकारी रुसी समय अनुसार साँझको दश बजे पाइएको त्यहाँको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेर त्यस क्षेत्रलाई सिल्ड गरेको थियो। प्रहरीले चार पुरुष र एक महिलाको शव फेला पारेको थियो। उक्त पुरुषको अर्पाटमेन्टमा हतियार फेला परेको थियो। घटनाको कारण घरेलु झगडा हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एजेन्सी
Facebook Comments


























