चैत्र २२ । अमेरिकाले दुई लाख भन्दा बढी मास्क ‘चोरी’ आरोप लागेको छ। जर्मनीका लागि निकासा भएको मास्क अमेरिकाले आफ्नो प्रयोजनका लागि फिर्ता गरेको आरोप लागेको हो। जर्मनीले यसलाई ‘आधुनिक चोरी’ को शंज्ञा दिँदै निन्दा गरेको छ।
अमेरिकामा निर्माण भएको मास्क लिएर आएको पानीजहाज बैंककमा कब्जामा लिइएको बर्लिन स्थानीय सरकारले बताएको छ।
बर्लिन प्रहरीले मगाएको एफएफपी २ मास्क तोकिएको मिति स्थानमा आइ नपुगेको र सो मास्क अमेरिकाले जफत गरी आफ्नो प्रयोजनका लागि फिर्ता लगेको आरोप छ।
बैंककबाट मास्कसहितको पानी जहाज पुनः अमेरिकातिरै फर्काएको हुन सक्ने बर्लिनका आन्तरिक मामिला मन्त्री आन्द्रेस गैसेलले बताएका छन्। ती मास्क अमेरिकाको ३एम कम्पनीले निर्माण गरेको हो। सो कम्पनीलाई मास्क विदेश निर्यात नगर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएका छन्।
Facebook Comments


























