कुरिनटार, चैत्र २१ । नारायणगढ रोटरी क्लबले इच्छाकामना गाउँपालिकामा स्थानीयको लागि खाद्यान्न सहयोग गरेको छ। गाउँपालिकाभित्रका करिब १०० घर परिवारको लागि खाद्यान्न सामग्री गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङमार्फत सहयोग गरिएको हो। नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्ष अरुणकुमार पियाको सौजन्यमा गाउँपालिकाका गरिब तथा विपन्न परिवारको लागि सहयोग गरिएको क्लबका अध्यक्ष सुसनलाल प्रधानले जानकारी दिए।
दैनिक ज्यालादारी गरी परिवार पाल्नुपर्ने मजदुरका परिवारलाई नारायणगढ रोटरी क्लबमार्पmत चामल, तेल, नुन, सोयाबिन, दाल, आलु, प्याज, साबुन, चिउरा र विस्कुटलगायतका खाद्यसामाग्री सहयोग गरिएको हो। कूल एकलाख पचास हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको उनले बताए। गाउँपालिकाका सात वटा वडामध्ये १ र २ नं. वडा अत्यन्तै विकट रहेकोले सोही वडामा वसोवास गर्ने चेपाङ, दरैलगायत परिवारलाई उनको भनाइ छ।
कोरोना भाइरसले विश्वमै महामारी रूप लिइरहेको समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका परिवारका लागि सानो सहयोग गरिएको उनले बताए। कार्यक्रममा क्लबका पूर्वअध्यक्ष चुननारायण श्रेष्ठ, रमेश श्रेष्ठ, निवर्तमान अध्यक्ष रमेश पौडेल, वर्ष २०२०/२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, सचिव यज्ञमुनि बज्राचार्य, सदस्यहरू गुणेश्वर महतो, बसन्तबहादुर पाण्डे लगायतको उपस्थिति थियो ।