काठमाडौं, चैत्र १९ । कोरोना भाइरसको संक्रमण रोकथामको लागि छिमेक लघुवित्त वित्तीय संस्थाले २५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल सरकारबाट स्थापना गरिएको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’को लागि राष्ट्रिय बाणिज्य बैंकस्थित कोषको खातामा जम्मा गरिएको संस्थाले जनाएको छ।
संस्थाले गरेको सहयोगबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा संक्रमितहरूको उपचारमा टेवा पुग्ने विश्वास लिइएको छ। साथै कोरोनाको त्रास नहराएसम्म सबै नेपाली सुरक्षित साथ घरभित्रै रहन पनि संस्थाले आग्रह गरेको छ।
Facebook Comments


























