काठमाडौं, चैत्र १८ । चालु आर्थिक बर्षको फागुनसम्म रु ५ अर्ब ४५ करोड २५ लाख १३ हजारको चाँदी आयात भएको छ। भन्सार बिभागको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो।
परिमाणका आधारमा भने समिक्षा अवधीमा ८३ हजार १६ केजी चाँदी आायात भएको छ। बिभागकाअनुसार समिक्षा अवधीमा चाँदीको आयात बढेको छ।
यस अवधीमा मुल्य बढेका कारण सुन आयातमा भारी गिरावट आएको छ। तर, परिमाणका आधारमा चाँदीको आायात १६।८६ प्रतिशतले बढको छ। गत आ.व.को फागुनसम्ममा ७१ हजार ३५ केजी चाँदी आयात भएको थियो।
यस्तै, रकमका आधारमा भने चाँदी आयात ३५।५७ प्रतिशतले बढेको छ। गत आवको फागुनसम्म ४ अर्ब २ करोड १७ लाख चाँदी आायत भएको थियो। तर, अहिले ५ अर्ब ४५ करोड २५ लाखको चाँदी आयात भएको छ।
गत बर्ष चाँदीको मुल्य सस्तो थियो। तर, अहिले चाँदीको मुल्य बढेको छ। फलस्वरुप परिमाणमा कम बृद्धिदर देखिएको छ भने रकममा बढीको बृद्धिदर देखिएको छ।


























