काठमाडौं, चैत्र १८ । निर्देशक विकासराज आचार्य यतिबेला चलचित्र ‘नाई नभन्नु ल ६’को तयारीमा जुटिरहेका छन। यो चलचित्रको स्क्रिप्ट फाइनल भैसकेको छ। नेपाल यतिबेला लक डाउनमा छ। यति लक डाउन नभएको भए विकास यतिबेला कलाकार फाइनल गर्ने तयारीमा लागिरहेका हुन्थ्य। तर, अब कलाकारको छनोटको काम पनि पछि सरेको छ। तर, उनले केही कलाकारसँग भने कुराकानीलाई अगाडि बढाइरहेका छन।
चलचित्रमा नायक सलोन बस्नेत, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायत फाइनल भैसकेका छन। निर्माणपक्षले चलचित्रको मुख्य भुमिकाका लागि नायिका वर्षा राउतलाई अफर गरेको छ। वर्षाले चलचित्रमा काम गर्ने वचन पनि दिएकी छिन।
तर, निर्माणपक्षले कोही पनि कलाकारसँग लिखित संझौता भने गरेको छैन। वर्षा चलचित्र ‘२ नम्बरी र के घर के डेरा’मा अनुवन्धित भैसकेकी छिन। कोरोनाको सन्त्रास सकिएसँगै यी दुई चलचित्रको छायांकन सुरु हुनेछ।
यसैले, वर्षाले चलचित्र ‘नाई नभन्नु ल ६’लाई समय दिन भ्याउछिन या भ्याउदिनन पक्का छैन। तर, आफैले डेब्यु गरेको चलचित्रको छैटौ सिरिज छाडेर बर्षा चुकचुकाउन चाहन्नन। जेठसम्म चलचित्रको छायांकन सुरु नभए यसको छायांकन साउनमा पुग्नेछ। वर्षाले साउनमा भने यो चलचित्रलाई समय दिन सक्ने संभावना छ।
चलचित्रका लागि वर्षालाई अफर गरिएको भुमिका बलियो रहेको वुझिएको छ।


























