काठमाडौं, चैत्र १७ । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ।
आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष (आईसीयू) मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। मृत्यु भएकी युवती स्वास प्रस्वाससम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी बताइएको छ।
यस्तै, सोमबार अस्पताल भर्ना भएका अर्का पुरुषको पनि अस्पतालमा मृत्यु भएको छ। उनलाई सोमबार बेहोस् अवस्थामा अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो।
अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले उपचारका क्रममा मृत्यु भएका दुवै जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।
Facebook Comments


























