चितवन, चैत्र १६ । कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेका बेला धर्मलाई जोडेर भ्रामक कुरा गरी अफवाह फैलाउने एक जना महिला पक्राउ परेकी छिन्।
धर्म सम्बन्धी गलत तथा भ्रामक प्रचार गरी अफवाह फैलाउने एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका–७ जगन्नाथपुरी बस्ने ३८ वर्षीया जानकी ढुङगाना रहेकी छिन्। उनलाई १४ गते नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ।
उनले ‘तपाइँहरु येशुलाई विश्वास गर्नुस्, तपाईँहरुलाई केही हुँदैन, कोरोना भाईरसले समेत छुन सक्दैन’ भन्दै स्थानीयहरुमा भ्रम फैलाएको प्रहरीको आरोप छ।
पक्राउ परेकी ढुंगानामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिइएको छ।
Facebook Comments