चितवन, चैत्र १३ । कोरोना भाईरसका कारण देशमा २१ दिन लकडाउन हुँदा भारतीय बित्तिय मन्त्री नीर्मला सीतारमणले बिहीवार पत्रकार सम्मेलन गरी आर्थिका प्याकेजको घोषण गरेकी छिन्।
उनले प्याकेजको घोषणा गर्दै भनिन् १ लाख ७० हजार करोड भारतीय रुपैयाँको प्याकेज हो। उनले पत्रकार सम्मेलनमा बोल्दै प्रवासी कामदार र शहरी ग्रामिण गरिवकालागि तुरुन्त आवश्यकताका लागि यो प्याकेज तयार छ, कोईपनि भोको बस्न पर्दैन, प्याकेज १ लाख ७० हजार करोड भारतीय रुपैयाँको छ।
“उनले भनिन् मजदुर अनि गरिवकालागि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लगातार प्रयास गरिरहेकोछ।”
उनले भनिन् कोहीपनि गरिव खानाका लागि सघर्ष गर्न नपरोस् त्यसैले यो प्याकेजको माध्यमबाट पाँच किलो गहुँ वा चामल करिव ८० करोडलाई आगामि ३ महिना सम्म दिइने उनले बताईन्।
किसानलाई आर्थिक सहायता
बित्तिय मन्त्री नीर्मला सीतारमणले यो प्याकेजमा किसानका लागि पनि घोषणा गरेकी छिन्। उनले भनिन् देशका १३० करोड मानिसको पेट भर्नलाई अन्नदाता वर्षौ भरि भरपुर कोशिस गर्छन्।
“उनले भनिन् किसानहरुका खातामा रु २ हजारको किस्ता हरेक महिना हालिन्”, ८ लाख ७० हजार करोड भारतिय किसानहरुको खातामा अप्रिल महिनाको पहिलो हप्तामा यो किस्ता रकम हालिदिने बताइन्।
ग्रामिण क्षेत्रमा मनरेगाको माध्यमबाट जो व्यक्तिहरु आफ्नो परिवारको पालन पोषण गरिरहेकोछ। उनीहरुको ज्याला रु १८२ बाट बढाएर रु २०२ रुपैँयाका दरले दिईनेछ जस्ले गर्दा उनीहरुको आयमा रु २ हजार रुपैँयाले वृद्धि हुन्छ।
यस्को अलावा २० करोड महिलाको जनधन खातामा आगामि तीन महिना सम्म रु ५०० ५०० का दरले हालिदिने बताइन्।
बृद्धबृद्धा, अपांग र एकल महिलाका लागि रु १ हजारका दरले पेन्सन दिईनेछ, दुई फरक फरक किस्तामा यो रकम दिईनेछ। यो रकम सिधै उनीहरुको खातामा जानेछन्।
बित्तिय मन्त्री नीर्मलाले असंगठित क्षेत्रका साथै संगठित क्षेत्रको लागि पनि प्याकेज घोषणा गरेकीछिन्। बिबिसी हिन्दीको सहयोगमा