जनकपुरधाम, चैत्र १३ । धनुषाको शहीद नगरपालिकामा होलीपर्वमा एक व्यक्तिको हत्याको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको छ। सो नगरपालिका वडा नं ३ बस्ने ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नं ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
शहीदनगरको डिहवारस्थित आफ्नै घर कोठामा सुतिरहेका राजकिशोरमाथि फागुन २७ गते होलीपर्वमा कङ्क्रिट प्रहार गरी हत्या गरेको बताइएको छ। नियन्त्रणमा लिएका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























