चितवन, चैत्र १२ । फ्रान्सबाट कतारहुँदै आएकी नेपाली महिलामा कोरोना सङक्रमित भई हाल टेकु अस्पतालमा उपचार भैरहेको छ। सोही विमानमा आउँने चितवन जिल्लाका ६ जना यात्रु चितवनका रहेका बुझिएकाे छ। ती व्यक्तिहरुमा पनि काेराेना संक्रमण हुन सक्ने भन्दै सरकारले निजकैकाे अस्पतालमा सम्पर्क गर्न आग्रह गरेकाे छ।
कतारबाट एउटै विमानमा सवार सबैलाई सम्पर्कमा आउन सरकारले आग्रह गरिसकेकाे बेला चितवनका पनि छ जना रहेकाे खुल्नमा आएकाेले उनीहरु सबैलाई सम्पर्कमा आउन चितवन प्रहरीले पनि आग्रह गरेकाे छ। उनीहरुकाे परिचय र नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाई पठाउन प्रशासनसँग आग्रह गरेको छ। उनीहरुमा पनि संक्रमण फैलिन सक्ने आशंकामा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























