नवलपुर, चैत्र ११ । पूर्वी नवलपरासीको कावासोतीमा जंगली च्याउ खाएर ३ जना विरामी परेका छन्। कावासोती १२ पिठौली बस्ने एकै घरका ३ जना विरामी परेका हुन्।
घर नजिकै रहेको काठको टौवामा उम्रेको च्याउ खाँदा ३ जना विरामी परेका हुन्। उनीहरुको अवस्था अचेत रहेको र उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।
च्याउ खाएर कावासोती १२ निवासी ४३ बर्षीय उमा गुरुङ, उनकी छोरी २२ बर्षीया नौमाया गुरुङ र छोरा १६ बर्षीय टुपेश गुरुङ अचेत भएका हुन्।
Facebook Comments