काठमाडौं, चैत्र १० । विश्वका शक्तिशाली देशहरु यतिबेला कोरोना भाइरससँग जुधिरहेका छन्। विश्वका १६६ देशमा ३ लाख मानिसहरु संक्रमित भएका छन् भने १२ हजार मानिसहरुको मृत्यु भएको छ।
छिमेकि देशहरुमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि नेपालले उच्च सतर्कता अपनाएको छ। नेपाल अपनाएको उच्च सतर्कताले जोखिम कम गरेपनि सामाजिक सञ्जाल र अफवाहका कारण मनोरोग बढ्न थालेको चिकित्सकहरुले बताएका छन्।
नेपालमा करिव ८ सय मानिसले कोरोनाको स्वास्थ्य परीक्षण गरेका छन्। एक जनामा मात्र केही महिला पहिले कोरोनाको संक्रमण देखिएको थियो। ति ब्यक्ति पनि हाल उपचार पछि तन्दुरुस्त हुँदै घर फर्किसकेका छन्। तर कोरोना त्रासको मनोविज्ञान भने देशभर फैलिएको छ।
विश्वका अन्यदेशको अबस्था र नेपालमा सामाजिक सञ्जालको दुरुपयोगले कोरोनाभन्दा मनोरोगको त्रास ज्यादा फैलिएको चिकित्सकहरुले बताएका छन्। नेपालमा हालसम्म एक जनालाई पनि कोरोना भाइरसको संक्रमण छैन।
सरकारले उच्च सतर्कता अपनाउँदै अन्तराष्टिय उडान बन्द गरेको छ भने भारत र चीनसँगको सीमा नाका बन्द गरेको छ। लामा दुरीका सवारी साधन पनि बन्द भइसकेका छन्। पछिल्लो समय सरकारले उच्च सतर्कता अपनाएपछि कोरोनाको जोखिम घटेको छ। तर केही ब्यक्ति, केही मिडिया र सामाजिक सञ्जालका कारण मनोरोग बढ्न थालेको छ।
नेपालमा अफवाह फैलाउने पहिलो ब्यक्ति हुन् डा.सुन्दरमणि दिक्षित। उनले नेपालमा कोरोना भाइरसका बिरामी भएपनि सरकारले बाहिर नल्याएको दावी गरेका थिए भने नेपालको कोराना भाइरस परीक्षण प्रयोगशालामाथी प्रश्न उठाएका थिए।
टेकुस्थित नेपालको बिधि बिज्ञान प्रयोगशालामा नेपाली चिकित्सक मात्र छैनन्। विश्व स्वास्थ्य संगठनबाट दुई जना चिकित्सक पनि सहभागी छन्। कोरोना भाइरस भए नभएको उनीहरुले रिपोट हेर्ने गर्दछन् भने विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउने गर्दछन्। नेपालमा कोरोना भाइरसका सक्रमितहरुलाई लुकाउन सम्भव छैन।
सामाजिक सञ्जालमा केही ब्यक्तिले पनि भ्रम पैदा गरिरहेका छन्। उनीहरुमाथी प्रहरीले निगरानी बढाएको छ। प्रेस काउन्सिल नेपालले पनि भ्रम सिर्जना गर्ने मिडियामाथी निगरानी बढाएको कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बताए।
नेपालमा कोरोना भाइरसको उच्च सतर्कता उपनाउँदै गर्दा जनचेतनाका लागि नेपाल टेलिकम र एनसेलले रिङ टोन सवै मोवाइलमा राखेका छन्। एउटै ब्यक्तिले दैनिक सयौ कल फोन गर्ने गर्दछ। दिनमा सयौ पटक मोवाइल टोनमा कोरोना सुनेपछि मानिसहरुलाई दिक्दारी लाग्न थालेको छ। मोवाइलको रिङ टोनका कारण पनि डिप्रेशनका विरामी बढ्न थालेको चिकित्सकहरुले बताएका छन्।


























