मोरङ, चैत्र ७ । मोरङको पथरी शनिश्चरे नगरपालिका ६ शान्ति चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। गएराति ३९ वर्षीय मन बहादुर विकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
राति आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गरिरहेका मन बहादुरलाई एक्कासी करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
Facebook Comments


























