काठमाडौँ, चैत्र ७ । चलचित्र ‘ए मेरो हजूर ४’ को छायांकन रोकिएको छ। कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि सरकारले २५ जना भन्दा बढी मानिस भेला नहुने निर्णय गरेको थियो।
यही निर्णयको पालना गर्दै चलचित्र छायांकन स्थगित गरिएको निर्देशक, अभिनेत्री झरना थापाले जानकारी दिइन्।
चलचित्र छायांकनको लागि झण्डै १०० जनाको समूह चाहिने भएकोले छायाँकन स्थगित गरिएको हो। हालसम्म चलचित्रको ४० प्रतिशत छायांकन सकिएको छ।
यो टोलीले पोखरामा छायांकन सक्काएर अहिले ललितपुर आइपुगेको थियो। वैशाख १० सम्म चलचित्रको छायांकन सक्काउने लक्ष्य राखेको ४५ दिने सेड्यूल अब सरकारले अर्को निर्णय नगर्दासम्मको लागि सर्नेछ।
चलचित्रका निर्माता सुनिल कुमार थापाले कोरोना संक्रमण जोखिम घटाउने उपाय सामाजिक दूरी पनि भएकोले चलचित्रको छायांकन स्थगित गरेको जानकारी गराएका छन्।
Facebook Comments


























