इटाली, चैत्र ५ । इटालीमा कोरोना भाइरसका कारण २४ घण्टाभित्र ३ सय ४५ को ज्यान गुमाएका छन्। यससँगै त्यहाँ मृतकको संख्या २ हजार ५ सय ३ पुगेको छ। यो १६ प्रतिशतको वृद्धि हो।
साथै, संक्रमितको संख्या पनि २७ हजार ९ सय ८० बाट ३१ हजार ५ सय ६ पुगेको छ। संक्रमितमा पनि १२.६ प्रतिशतको वृद्धि भएको छ।
युरोपेली देशमध्ये इटालीमा कोरोनाको कहर अत्यधिक देखिएको छ।
Facebook Comments

























