काठमाडौं, चैत्र २ । ट्राफिक प्रहरीलाई चार हजार घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार राति दरबारमार्गमा ट्राफिक प्रहरीलाई चार हजार घुस रकम दिन खोज्ने मोटरसाईकल चालक प्रेमनाथ सेडाइलाई पक्राउ गरिएको हो। लाइसेन्स बिना बा २८ प ४०४२ नम्बरको मोटरसाईल चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर सेडाइ भाग्न खोजेका थिए।
तर ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग लाइसेन्स नभएको दरबारमार्गका सइ मोतिलाल शर्माले बताए। ‘बाइक आफ्नै रहेछ, बिल बुक पनि नवीकरण भएको रहेनछ,’ उनले भने।
शर्माका अनुसार पछि उनले ट्राफिक प्रहरीलाई चार हजार घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
Facebook Comments


























